सांसद राजु विष्टमाथि बन्दना राईको गम्भीर आरोप
Bandana rai


खरसाङ 23 अप्रेल (हि.स.)। एसआईआरले एकै जना गोर्खाको पनि नाम काटियो भने राजीनामा दिन्छु भन्ने सांसद राजु बिष्टले दार्जिलिङ जिल्लाबाट 45 हजार गोर्खाहरुको नाम काटिंदा आफ्नो नाम चुपचाप दिल्लीबाट मतिगढामा सारेको आरोप लगाएकी छन्। आफ्नो मात्र फायदा हेर्नेले गोर्खा जातिको कहिले भलो सोच्दैन भनी खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेदवार बन्दना राईले आरोप लगाएकी छन्।

उनले खरसाङ विधानसभा समष्टिका विभिन्न बुथहरुमा मतदानको लागि भ्रमण गर्ने क्रममा सांसद राजु विष्टले मतिगढामा भोट हालेको विषयमा बोल्दै भनिन्, 'सांसद राजु विष्टको भोट पहिला दिल्लीमा थियो, तर आज अचानक मतिगढामा कसरी भोट हाल्यो? एकजनाको नाम पनि डिलिट भए राजीनामा दिन्छु भन्ने सांसदले चुपचाप मतिगढामा भोट हालेका छन्। तर, दार्जिलिङ जिल्लामा मात्र 45 हजार मतदाताहरुको नाम डिलिट हुँदा पनि सांसदलाई केही भएन। बन्दना राईले भनिन् ' सांसद राजु विष्टले दार्जिलिङ र कालेबुङ जिल्लामा चुनाउ लडेर बंगालमा भाजपाको सरकार आएमा उप मुख्यमन्त्री हुने चाल चलेका छन्। आज कति हजार जनाले भोट हाल्न पाएनन्। कति हजारजनाको घरमा रुवाबासी छ। किनभने धेरैको अधिकार खोसिएको छ।'

उनले अघि भनिन् 'सांसद राजु विष्टलाई दोस्रोपल्ट सांसद बनाएर गल्ती गरेछौं। भाजपाले कसरी गैर कानुनी रुपमा राजु विष्टको भोट दिल्लीबाट मतिगढामा सारेको छ। योभन्दा त बरु पहाडको जनताको लागि स्टे अर्डर लगाएर भोट हाल्ने अधिकार दिनु पर्ने हो। अब चुनाउपछि सबै डिलिट भएका मतदाताहरुको नाम पुनः सामेल भएको हुनुपर्छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande