
मुर्शिदाबाद, 23 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026 अवधि मुर्शिदाबाद जिल्लाको नाओदा क्षेत्रमा हिंसात्मक घटना भएको थाहा लागेको छ। मतदान हुन एक दिनअघि गए बुधवार राती तृणमूल कङ्ग्रेसकी उम्मेद्वार साहिना मुमताज खानलाई लक्षित गरी बम फालिएको आरोप लगाइएको छ।
यो घटना नाओदाको शिवनगर क्षेत्रमा भएको हो जुन एक मतदान केन्द्रदेखि लगभग 50 मीटर टाड़ामा अवस्थित रहेको बताइँदैछ। राती भएको यस बमबाजीले क्षेत्रमा कोकोहोलो मचिनको साथै स्थिति तनाउपूर्ण भयो। स्थानीय मानिसहरू त्रस्त भएको देखियो।
सूचना पाउनसाथ पुलिस र सुरक्षा बलले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्ने चेष्टा गऱ्यो। घटनालाई गम्भीर मान्दै चुनाउ आयोगले जिल्ला प्रशासनसित “एक्शन टेकन रिपोर्ट” मागेको छ। साथै प्रश्न पनि सोधेको छ, अहिलेसम्ममा के कारबाही गरिएको छ?
तृणमूल कङ्ग्रेसको पक्षबाट आरोप लगाइएको छ, यस हमलाको पछाड़ि हुमायुँ कबीरको आम जनता उन्नयन पार्टीसित जोड़िएका मानिसहरू हुनसक्छन्। तथापि हुमायुँ कबीरले उक्त आरोपलाई शिराबाटै खारेज गरिदिएका छन्।
यसपूर्व नाओदा क्षेत्रमा तृणमूल कार्यकर्तामाथि कुटपिट भएको घटना पनि सामु आएको थियो जसबाट पहिला नै स्थिति तनाउपूर्ण भएको थियो। राज्यका मुख्य चुनाउ अधिकारीले भने, केही छुटपुट घटनाहरूलाई छोड़ेर सम्पूर्ण राज्यमा मतदान शान्तिपूर्ण ढंगमा जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा