
कोकराझार, 23 अप्रेल (हि.स.)। तल्लो असमको कोकराझार जिल्लाको गोसाईगाउँ उपविभागको श्रीरामपुर क्षेत्रमा आज बिहान पुलिसले ठूलो कारबाही चलाएर ठूलो गाईवस्तु तस्करीको प्रयासलाई असफल पारेको छ।
प्राप्त जानकारी अनुसार, गोसाईगाउँ उपविभागका पुलिस अधिकारी मोन्टुराम बोरा र शिमुलटापु पुलिस चौकीका प्रभारी सञ्जीव हैन्डिकको नेतृत्वमा पुलिस टोलीले उक्त कारबाही गरेको हो।
कारबाहीको क्रममा पुलिसले 10 वटा गाईवस्तु अवैध रूपमा ओसारपसार गरिरहेको डीआई भ्यान (एएस-19एसी-9232) जफत गरेको थियो। तस्करहरूले पुलिसको खोजीबाट बच्न सब्जीले भरिएका बोराहरू मुनि गाईवस्तु लुकाउने प्रयास गरेका थिए।
पुलिस अनुसार, चालकले मानिक डाबा नजिकै गाड़ी रोक्यो र घटनास्थलबाट भाग्न सफल भयो। पुलिसले हाल फरार चालकको खोजी गरिरहेको छ र अनुसन्धान जारी छ।
यो कारबाहीलाई क्षेत्रमा गाईवस्तु तस्करी विरुद्ध ठूलो सफलताको रूपमा हेरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी