
नयाँ दिल्ली, 23 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भारतीय जनता पार्टी (भाजपा)-को पक्षबाट नगरनिगममा मेयर तथा उपमेयर चुनाउको लागि प्रवेश वाही अनि मोनिका पन्तलाी उम्मेद्वार घोषित गरिएकोमा बधाई दिइन्।
मुख्यमन्त्रीले बिहीवार सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भनिन्, भाजपाको भिजन तथा अन्त्योदयको मन्त्रलाई आत्मसात गर्दै तपाईहरु दुवैको अनुभव र कर्मठताले दिल्लीको विकासलाई नयाँ उचाईँमा पुऱ्याउनेछ। उनले भनिन्, सबैको प्रयासहरूले निगम प्रशासन दिल्लीवासीहरूको आशा अनि आकांक्षालाई पूरा गर्न सफल सिद्ध हुनेछ।
यसको साथै भाजपाले जय भगवान यादवलाई स्थायी समितिको सदस्य र सदनको नेता पदको लागि उम्मेद्वार बनाएको छ। मनीष चड्ढालाई स्थायी समितिको सदस्यताको लागि नामित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा