मुख्यमन्त्रीले अरुणा आसफ अली अस्पतालको छड़्के निरीक्षण गरिन्
मुख्यमन्त्रीले अरुणा आसफ अली अस्पतालको छड़्के निरीक्षण गरिन्


नयाँ दिल्ली, 23 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार अरूणा आसफ अली अस्पतालको छड़्के निरीक्षण भ्रमण गरिन्। यस अवधि उनले रोगी तथा रोगीका परिवारहरूसित व्यवस्था अनि डाक्टरहरूको उपलब्धता बारे जानकारी लिइन्।

मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी बताइन्, डाक्टर, कर्मचारी अनि अस्पताल प्रबन्धनबाट फीडब्याक लिएर स्वास्थ्य सेवाहरूलाई आधुनिक, तीव्र, संवेदनशील तथा नागरिक-केन्द्रित बनाउने दिशामा आवश्यक निर्देश दिइयो। हाम्रो सङ्कल्प हो, दिल्लीका हरेक नागरिकले यस्तो स्वास्थ्य तन्त्रको अनुभव गरोस् जहाँ समयमा उपचार प्राप्त होस्, आधुनिक सुविधाहरू उपलब्ध होस्, स्वच्छ वातावरण होस् तथा हरेक रोगीलाई सम्मानको साथमा सेवा प्राप्त होस्।

मुख्यमन्त्रीले भनिन्, गर्मीलाई मध्यनजर गर्दै अस्प्ताल प्रशासनलाई औषधिहरूको उपलब्धता, पिउने पानी, स्वच्छता, रोगीहरूको सुविधा एवं सबै आवश्यक व्यवस्थालाई सर्वोच्च प्राथमिकतामा सुनिश्चित गर्न भनिएको छ। हरेक नागरिकलाई समयमा उपचार तथा सबै अस्पताल सेवा, संवेदना एवं विश्वासको केन्द्र बनोस्। यसै दिशामा दिल्ली सरकारले निरन्तर काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande