चौरङ्गीमा ममता ब्यानर्जीको जनसभा, भाजपा र चुनाउ प्रक्रियामाथि प्रहार गरिन्
चौरङ्गीमा ममता ब्यानर्जीको जनसभा, भाजपा र चुनाउ प्रक्रियामाथि प्रहार गरिन्


कोलकाता, 23 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026 बीच मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर कोलकाताको चौरङ्गी क्षेत्रमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै भाजपा तथा चुनाउ आयोगमाथि धारिलो प्रहार गरे।

आफ्नो सम्बोधनमा ममता ब्यानर्जीले आरोप लगाइन्, राज्यमा केन्द्रिय बलहरूलाई अत्यधिक मात्रामा तैनाथ गरिँदैछ जसबाट मतदाताहरूमा दबाव भइरहेको छ। यसबाट स्वतन्त्र अनि निष्पक्ष मतदान प्रभावित हुनसक्छ। उनले भने, कतिपय स्थानहरूमा मतदाताहरूलाई डर देखाउने अनि लोकतान्त्रिक प्रक्रियालाई प्रभावित पार्ने चेष्टा गरिँदैछ।

मुख्यमन्त्रीले प्रशासन र पुलिस अधिकारीहरूसित निष्पक्ष ढङ्गमा काम गर्ने अपील गर्दै अघि भनिन्, अधिकारीहरूले कुनै पनि प्रकारको राजनीतिक दबावमा नपरी आफ्नो कर्तव्यलाई पालन गरुन् अनि लोकतन्त्रको रक्षा सुनिश्चित गरून्।

ममता ब्यानर्जीले भाजपामाथि केन्द्रिय एजेन्सीहरूको दुरूपयोग गरेको आरोप समेत लगाइन् अनि भनिन्, चुनावी माहोललाई प्रभावित पार्ने चेष्टा गरिँदैछ। उनले जनतासि अपील गरिन्, उनीहरूले आफ्नो भोटको माध्यमबाट यसको जवाफ दिउन्।

उनले विश्वास व्यक्त गरिन्, तृणमूल कङ्ग्रेस फेरि एकपटक सत्तामा फर्किनेछ, किनभने जनताको समर्थन पार्टीको साथमा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande