ममताले सहानुभूतिको राजनीति गरिरहेकी छन्, बङ्गालमा भाजपाले जित्नेछः दिलीप घोष
ममताले सहानुभूतिको राजनीति गरिरहेकी छन्, बङ्गालमा भाजपाले जित्नेछः दिलीप घोष


कोलकाता, 23 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026 बीच भाजपाका वरिष्ठ नेता दिलीप घोषले मुख्यमन्त्री ममता ब्यनर्जीमाथि “सहानुभूति कार्ड” खेलेको आरोप लगाएका छन्।

दिलीप घोषले भने, सत्ताधारी तृणमूल कङ्ग्रेसले जनताको समर्थन हासिल गर्नको लागि भावनात्मक मुद्दाहरूलाई उचालिरहेको छ, तर यसपालि जनता उनीहरूको भावनामा बग्नेवाला छैनन्। उनले दाबी गरिन्, राज्यमा परिवर्तनको हावा बगिरहेको छ र मानिसहरू अब विकासका मुद्दाहरूमा भोट गर्न चाहन्छन्।

भाजपा नेताले भरोसा व्यक्त गरे, यसपालि पार्टीले पश्चिम बङ्गालमा उत्कृष्ट प्रदर्शन गर्नेछ अनि चुनाउमा जीत हासिल गर्नेछ। उनको भनाइ छ, राज्यभरि नै भाजपाको पक्षमा माहोल बनिँदैछ।

उक्त बयान यस्तो समयमा आएको छ जतिबेला बङ्गालमा चुनावी प्रतिस्पर्धा तीव्र भएको छ भने भाजपा र तृणमूल कङ्ग्रेसबीच आरोप-प्रत्यारोपको सिलसिला जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande