
गुवाहाटी, 23 अप्रेल (हि.स.)। राज्यमा अण्डाको मूल्यमा फेरि एक पटक वृद्धि दर्ता गरिएको छ जसबाट आम उपभोक्ताहरूमाथि अतिरिक्त बोझ पर्ने आशंकाछ।
बजार सूत्र अनुसार पहिला प्रतिप्लेट अण्डाको मूल्य 170 रुपियाँ थियो जुन अहिले बढ़ेर 200 रुपियाँ पुगेको छ। यसरी नै एक कार्टुन अण्डाको मूल्य पहिला 1150 रुपियाँ थियो भने जुन अहिले बढ़ेर 1200 रुपियाँ पुगेको छ।
व्यापारीहरूको भनाइ छ, बाहिरी राज्यहरूबाट आएको अण्डाको मूल्य बढ़ेकोले गर्दा यो वृद्धि भएको हो। बाहिरी राज्यहरूमा उत्पादन कम भएको कारणले आपूर्ति प्रभावित भएको छ जसबाट मूल्य वृद्धि भएको हो। अण्डाको मूल्य वृद्धिको प्रभाव सोझै रूपमा सर्वसाधारण मानिसहरूसँगसँगै अण्डा आधारित खाद्य व्यवसायीहरूमाथि पर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा