
मालदा, 23 अप्रेल (हि.स.)। लोकतन्त्रको महापर्वमा हुन गएकी एकजना महिला मतदाताको मृत्यु भएको घटनाले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबाएको छ। मालतीपुर विधानसभाको काण्डारण क्षेत्रमा बिहीवार भोट दिन पुगेकी प्रमिला बागदी (47)-को हृदयाघातको कारणले मृत्यु भयो। परिवार अनुसार प्रमिला बागदी बिहान लगभग 11 बजे मतदान गर्नको लागि उत्साहित भएर घरबाट हिँड़ेकी थिइन्। काण्डारण जूनियर हाई स्कूलस्थित 152 नम्बर बूथमा पुगेपछि मतदान गर्न अगावै उनी अचानक मुर्छित परेर ढलिन्। त्यहाँ उपस्थित अन्य मानिसहरूले उनलाई तुरून्तै सम्हालेर परिवारलाई सूचना दिए। परिवारले उनलाई उपचारको निम्ति सामसी अस्पतालमा लैजाने तयारी गरिरहेको थियो। तर अस्पताल पुग्नअघि बाटोमै उनको मृत्यु भयो।
घटनापछि सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। विभिन्न राजनीतिक दलका नेताहरूले मृतकको घरमा पुगेर परिवारलाई सान्त्वना दिए। कङ्ग्रेस उम्मेद्वार मौसमी बेनजीर नूर औ तृणमूल कङ्ग्रेसका उम्मेद्वार अब्दुर रहिम बक्सीले पनि शोक व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा