
गुवाहाटी, 23 अप्रेल (हि.स.)। जुबिन गर्ग हत्या मामिलामा अर्का मुख्य आरोपी सिद्धार्थ शर्माका अधिवक्ताले आज अदालतमा पुनः शपथ पत्र दर्ता गरे। गए बुधवार गलत शपथ पत्र द र्ता गरिएको करणले सो मामिलाको सुनवाई हुनसकेन।
अदालतले सिद्धार्थ शर्माको जमानत याचिकामाथि सुनवाई गर्नको लागि शुक्रवारको तिथि निर्धारन गरेको छ। मामिला फास्ट ट्र्याक अदालतमा चलिरहेको छ जहाँ श्यामकानू महन्तको जमानत याचिकामाथि दुई दिनसम्म सुनवाई सम्पन्न भयो।
उल्लेखनीय छ, यसै मामिलामा मुख्य आरोपी श्यामकानू महन्तको जमानत याचिकामाथि सुनवाई आज समाप्त भएपछि अदालतले आगामी 30 अप्रेलमा आफ्नो फसेला सुनाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा