कामरूपमा (मोट्रो)-मा एनईईटी (यूजी) परीक्षाका तयारीहरूको समीक्षा
कामरूपमा (मोट्रो)-मा एनईईटी (यूजी) परीक्षाका तयारीहरूको समीक्षा


गुवाहाटी, 23 अप्रेल (हि.स.)। आगामी 3 मईमा आयोजना भइरहेको एनईईटी (यूजी) 2026 परीक्षाको सुचारू एवं सुरक्षित सञ्चालनलाई सुनिश्चित गर्ने उद्देश्यले कामरूप (मेट्रो) जिल्ला आयुक्तले एक उच्च स्तरीय बैठकको अध्यक्षता गरे।

बैठकमा पुलिस आयुक्त (प्रशासन), अतिरिक्त जिल्ला आयुक्त, सिटी कोअर्डिनेटर तथा सबै 17 निर्धारित परीक्षा केन्द्रहरूका केन्द्र अधीक्षकहरू उपस्थित थिए। बैठकमा परीक्षाको दिन समय-सारिणी, घण्टी कार्यक्रम, अधिकृत अधिकारीहरू एवं आवश्यक सामग्रीहरू सहित सबै प्रमुख कार्यात्मक पक्षहरूमाथि विस्तार पूर्वक चर्चा गरियो।

सिटी कोअर्डिनेटर-1 द्वारा परीक्षा दिशानिर्देश, सञ्चालन प्रक्रिया तथा सुरक्षा व्यवस्थाहरूमाथि विस्तृत प्रस्तुति दिइयो जसबाट सबै केन्द्र प्रभारी अनि अधिकारीहरूलाई उनीहरूको जिम्मेवारीप्रति अवगत गराइयो। सुरक्षालाई मध्यनजर गर्दै सबै केन्द्रहरूमा कड़ा व्यस्था जस्तै खोजी, बायोमेट्रिक सत्यापन, सीसीटीभी निगरानी तथा ज्यामर लगाउने निर्देश दिइयो।

दिव्याङ्ग उम्मेद्वारहरूको लागि विशेष सुविधाहरूको पनि प्रावधान गरिएको छ जसबाट समावेशी परीक्षा व्यवस्था सुनिश्चित गर्न सकियोस्। बैठकमा नक्कललाई रोक्ने उपाय, गोपनीय सामग्रीको प्याकिङ्ग, परीक्षापछि सामग्री पठाउने प्रक्रिया एवं कर्मचारीहरूको तैनाथीसित सम्बन्धित दिशानिर्देशमाथि चर्चा भयो।

जिल्ला आयुक्तले परीक्षाको निष्पक्षतालाई कायम राख्न तथा उम्मेद्वारहरूलाई सुगम अनुभव प्र्दान गर्नको लागि सुक्ष्म योजना अनि विभागहरूबीच श्रेष्ठ समन्वयको आवश्यकतामाथि बल दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande