रोडको अभावमा मतदाताहरु डेढदेखि दुई किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता
Voters


खरसाङ, 23 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीमा रहेको बुथ नम्बर 262 मा अहिले पनि रोडको सुविधा नभएकाले मतदाताहरु डेढदेखि दुई किलोमिटरसम्म पैदल हिँड्नुपर्ने बाध्यता देखियो। 70 देखि 80 वर्षसम्मका वृद्ध मतदाताहरु हिँडेरै मतदान गरे।

सिविटारको यस मतदान केन्द्रसम्म रोड निर्माण गर्न सकिए असल हुने अथवा रोड पहुँच भएका कुनै सरकारी भवनतिर मतदान केन्द्र स्थापित गरिए मतदाताहरुलाई धेरै सुविधा हुने ज‌न‌ गुनासो छ। यस मतदान केन्द्रमा पहिलादेखि नै मतदान हुँदै आएको छ। तर अहिले सबैतिर रोड पुगे पनि यस मतदान केन्द्रमा भने रोड पुगेको छैन।

यसपाली सिविटार चियाबारी यस 262 नम्बरको बुथमा 82 प्रतिशत मतदान भएको छ, जुन गत चुनाउहरुको तुलनामा राम्रो प्रतिशत हो। यस बुथमा यसपाली जम्मा मतदाताहरु 744 जना थिए, जसमा 612 जनाले आफ्नोे मताधिकारको प्रयोग गरेका छन्। यहाँ चुनाउ शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ।

विशेष गरी यसपाली मतदाता सूचीको विशेष गहन पुनरीक्षणपछि चुनाउ भएकाले मानिसहरु बिहानदेखि नै उत्साहका साथ उपस्थित भएर चुनाउमा सहभागिता जनाए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande