लोकल ट्रेनमा चुनाउ प्रचारः श्रीरामपुरबाट भाजपा उम्मेद्वार भास्कर भट्टाचार्यको अनौठो अभियान
लोकल ट्रेनमा चुनाउ प्रचारः श्रीरामपुरबाट भाजपा उम्मेद्वार भास्कर भट्टाचार्यको अनौठो अभियान


हुगली, 23 अप्रेल (हि.स.)। पश्चिम बङगाल विधानसभा चुनाउ 2026 अन्तर्गत चुनावी हावा तातिएको समय श्रीरामपुर विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा)- का उम्मेद्वार भास्कर भट्टाचार्यले बिहीवार बिहान भिन्नै शैलीमा प्रचार अभियान सञ्चालन गरे।

भास्कर भट्टाचार्य बिहान श्रीरामपुर रेलवे स्टेशनदेखि श्रीरामपुर-हावड़ा लोकल ट्रेनमा सवार भए। यस यात्रा अवधि उनले सर्वसाधारण यात्रीहरूमाझ पुगेर सोझो सम्वाद गरे। ट्रेनमा यात्रा गरिरहेका नित्य यात्रीहरूसित बातचित गर्दै उनीहरूको समस्या हुने अनि उनीहरूलाई भाजपाको पक्षमा मतदान गर्ने अपील गरे।

प्रचारको क्रममा श्रीरामपुरदेखि रिषड़ा स्टेशनसम्म ट्रेनका डब्बाहरूमा उनलेमानिसहरूसित सम्पर्क गरे। यस अवधि यात्रीहरूबीच उत्साह देख्न पाइयो भने कतिपय मानिसहरूले उनको अभियानप्रति समर्थन व्यक्त गरे।

भाजपा उम्मेद्वारको धरातलीय स्तरमा जोड़िने यो प्रयासलाई चुनाउ प्रचारको पारम्परिक शैलीभन्दा भिन्नै मानिँदैछ जहाँ उनले मानिसहरूमाझ पुगेर सम्वादलाई प्राथमिकता दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande