
गान्तोक, 23 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी सिक्किम भ्रमणलाई ध्यानमा राख्दै आज लोकभवनको निरीक्षण भ्रमण गरे। यस अवसरमा मन्त्रीगण, विधायकगण, मुख्य सचिव, पुलिस महानिर्देशक, लोकभवनका आयुक्त एवं सचिव अन्य सम्बन्धित अधिकारीहरू उपस्थित थिए।
निरीक्षणका क्रममा मुख्यमन्त्रीले तयारीहरूको विस्तृत समीक्षा गरे र लोकभवनका आयुक्त एवं सचिव तथा सम्बन्धित विभाग र अधिकारीहरूलाई आवश्यक निर्देशन दिए। उनले लजिस्टिक तयारीसहित सबै आवश्यक व्यवस्थाहरू समयमै र व्यवस्थित रूपमा सुनिश्चित गर्न विशेष जोड दिएको लोकभवनले प्रेस विज्ञप्तिमा जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल