चुनाउ 26ः बूथ खाली राखेर भोजन गर्न गएका कर्मचारीलाई चुनाउ आयोगले गऱ्यो सस्पेण्ड
चुनाउ 26ः बूथ खाली राखेर भोजन गर्न गएका कर्मचारीलाई चुनाउ आयोगले गऱ्यो सस्पेण्ड


मेदिनीपुर, 23 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको निम्ति आज भएको पहिलो चरणको मतदान अवधि पश्चिम मेदिनीपुर जिल्लाको पिङ्गला विधानसभा क्षेत्रको एउटा मतदान केन्द्रमा लापरवाही गरेको मामिला सामु आएको छ। आरोप छ, अपरान्हको समयमा प्रिसाइडिङ्ग ्फिसर समेत सबै चुनाउ कर्मचारीहरू बूथ खाली राखेर खाना खान गए।

जानकारी अनुसार पिङ्गला विधानसभाको नौ नम्बर बूथमा बिहानदेखिकै मतदाताहरूको भीड़ थियो। जति-जति दिन बढ़्दै गयो, उति-उति भोटरहरूको भीड़ पनि बढ़्न थाल्यो। यसबीच आरोप छ, प्रिसाइडिङ्ग अफिसर मतदान केन्द्रलाई खाली राखेर भोजन सेवन गर्न गए भने उनको साथमा अन्य मतदान अधिकारीहरू पनि गए। त्यसावधि बूथमा सेक्टर अफिसर पनि उपस्थित थिएनन्।

यस सम्बन्धमा सुरक्षा कर्मीहरूसित प्रश्न गर्दा उनीहरूले बताए, अधिकारीहरू बाहिर गएका छन्, पछि आउनेछन्। यस घटनाको कारणले क्षेत्रमा ठूलो बबाल मचियो साथै चर्चा पनि चुलिएको छ।

मामिलाको जानकारी पाउनसाथ चुनाउ आयोगले तुरून्त कारबाही गऱ्यो। आयोगले बूथका प्रिसाइडिङ्ग अफिसर सहित सबै मतदान कर्मीहरूलाई निलम्बन गरिदियो। आयोगले सम्पूर्ण मामिलाको जाँच गर्ने आदेश दिएको छ। साथै रिजर्भ पोलिङ्ग पार्टीलाई मतदान प्रक्रिया सम्हाल्ने निर्देश दिइएको छ।

घटनापूर्व भाजपा नेता शुभेन्दु अधिकारीले पिङ्गला थानाका ओसीलाई हटाउने माग गर्दै चुनाउ आयोग समक्ष सिकायत पनि गरेका थिए। आरोप थियो, पुलिसले भाजपा एजेन्टलाई उठाइरहेको छ र पक्षपात गरिरहेको छ। त्यसपछि उक्त घटना घटेको कारणले क्षेत्रमा राजनीतिक खैलाबैला अझ तीव्र भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande