
गान्तोक, 23 अप्रेल (हि.स.)। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागले गान्तोक ग्रामीण परियोजनाको क्योङ्सा एडब्ल्युसीमा ८औँ पोषण पखवाडा २०२६ को समापन कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको मुख्य विषयवस्तुमा आमा र बालबालिकाको पोषण, मस्तिष्क विकासका लागि प्रारम्भिक प्रोत्साहन, प्रारम्भिक वर्षहरूमा खेलमा आधारित शिक्षा, स्क्रिन समय कम गर्न अभिभावक र समुदायको भूमिका तथा सशक्त आङ्गनवाडीका लागि समुदायको सहयोग समावेश थिए।
यस सन्दर्भमा सुपरभाइजर नोरसिङ तामाङले दैनिक जीवनमा मोबाइल फोनप्रतिको बढ्दो निर्भरता र त्यसका नकारात्मक प्रभावबारे प्रकाश पारिन्। उनले पूरक आहार समयमै शुरु गर्ने तथा बालबालिकाको जीवनका पहिलो १००० दिनको महत्वबारे जानकारी दिइन्।
यसै क्रममा पोषण शिक्षिकाले स्वास्थ्य तथा पोषण शिक्षामा जोड दिँदै बालबालिकामा हुने गम्भीर तीव्र कुपोषण र मध्यम तीव्र कुपोषणबारे जानकारी दिइन् तथा त्यसका रोकथाम उपायहरूबारे स्पष्ट पारिन्। उनले भिटामिन सी युक्त आहार समावेश गर्ने, मस्तिष्क विकासका लागि पाँच प्रमुख खाद्य समूहहरूको प्रयोग गर्ने लगायतका सुझाउ दिइन्। साथै गर्भवती महिलाहरूलाई चिकित्सकको सल्लाहअनुसार आइरन र फोलिक एसिडको सेवन गर्न पनि सुझाउ दिइन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल