
गुवाहाटी, 23 अप्रेल (हि.स.)। नलबाड़ी जिल्ला कारावासमा एक दुर्भाग्यपूर्ण घटना भएको समाचार प्राप्त भएको छ जहाँ एकजना बन्दीले कथित रूपमा आत्महत्या गर्ने प्रयास गऱ्यो।
प्राप्त जानकारी अनुसार बन्दीले ब्लेड उपयोग गरेर स्वयंलाई घाइते बनायो। गम्भीर अवस्थामा उसलाई तत्कालै नलबाड़ी मेडिकल कलेज एण्ड अस्पताल (एनएमसीएच) -मा भर्ती गराइयो।
तथापि उपचारको क्रममा उक्त बन्दीको मृत्यु भयो। मृतक बन्दीको पहिचान हाल सार्वजनिक गरिएको छैन। घटनाको सम्बन्धमा विस्तृत जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा