कुमारगञ्जमा भाजपा प्रत्याषी शुभेन्दु सरकारमाति हमला, कुटपिट गरेको आरोप
कुमारगञ्जमा भाजपा प्रत्याषी शुभेन्दु सरकारमाति हमला, कुटपिट गरेको आरोप


कोलकाता, 23 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउबीच दक्षिण दिनाजपुर जिल्लाको कुमारगञ्ज क्षेत्रबाट हिंसात्मक घटना भएको प्रकाशमा आएको छ। भारतीय जनता पार्टी (भाजपा)- का उम्मेद्वार शुभेन्दु सरकारले आरोप लगाएका छन्, तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले तिनीमाथि हमला गरी कुटपिट गरे। यस घटनामा उनलाई चोट लागेको छ।

भनिन्छ, शुभेन्दु सरकारले मतदान केन्द्रहरूको दौड़ाह गरिरहेका थिए। यसै अवधि केही मानिसहरूसित उनको बहस भयो जसपश्चात अचानक उनीमाथि हमला गरियो। घटनास्थलमा उनीसित एकजना सुरक्षाकर्मी पनि उपस्थित थिए जसले उनलाई बचाउने प्रयास गरे पनि भीड़ले लगातार उनीमाथि प्रहार गरिरह्यो। पछि कसो-कसो गरे शुभेन्दु सरकार त्यहाँबाट निक्लिन सफल भए।

शुभेन्दु सरकारले आरोप लगाए, कुमारगञ्ज विधानसभा क्षेत्रमा उनका मतदान अभिकर्ताहरूलाई 8-10 ठाउँबाट बाहिर निकालिएको थियो। उनले भने, उनी स्वयं त्यहाँ पुगे अनि आफ्ना प्रतिनिधिहरूलाई पुनः भित्र लिएर गए। त्यसपछि उनी बूथ सङ्ख्या 24-मा पुगे जहाँ उनको टीममाथि प्रहार गरियो।

उनले भने, हमलाकारीहरूले क्षेत्रको माहोल सन्त्राषपूर्ण बनाउने प्रयास गरे। उनी अनुसार मतदान केन्द्रमा केन्द्रिय बल तैनाथ थियो, तर घटना हुँदा उनको साथमा उनको सुरक्षाकर्मी मात्र थिए।

यसबीच घटनाको एउटा भीडियो पनि सामु आएको छ जसमा केही मानिसहरूलाई शुभन्दे सरकारलाई घेरेर धक्का-धक्की तथा कुटपिट गरिरहेको देखिएको छ। सुरक्षाकर्मीले उनलाई बचाउने प्रयास गरिरहेको पनि देखिएको छ।

घटनापछि क्षेत्रमा तनाउ व्याप्त भएको छ। प्रशासनको पक्षबाट मामिलाको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande