
गुवाहाटी, 23 अप्रेल (हि.स.)। राजधानीको वशिष्ठ पुलिसले एक विशेष अभियान सञ्चालन गरी दुईजना चतुर चोरहरू क्रमैले रहमत अली र राजीव कलितालाई पक्राउ गरेको छ।
पुलिसले आज बतायो, दुवै आरोपी क्षेत्रमा मोबाइल चोरीका धेरैवटा घटनाहरूमा संलिप्त थिए। गुप्त सूचनाको आधारमा पुलिसले अभियान संचालन गरी दुवैलाई पक्राउ गर्न सफल भयो।
अभियानको क्रममा आरोपीहरूबाट चोरीका दुई वटा मोबाइल फोन जफत गरियो। पुलिसले अग्रिम जाँच गरिरहेको छ साथै अन्य घटननाहरूमा उनीहरूको संलिप्तताको पनि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा