बीरभूमको खैराशोलमा केन्द्रिय बलहरूमाथि ढुङ्गामुड़ा, मतदानबीच तनाउ
बीरभूमको खैराशोलमा केन्द्रिय बलहरूमाथि ढुङ्गामुड़ा, मतदानबीच तनाउ


बीरभूम, 23 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026 अवधि बीरभूम जिल्लाको खैराशोल क्षेत्रमा ग्रामीणहरूले सुरक्षा बलहरूमाथि ढुङ्गामुड़ा गरेको घटनाबाट क्षेत्रमा तनाउ फैलियो।

प्राप्त जानकारी अनुसार घटना एक मतदान केन्द्रको छेउमा भएको हो जहाँ केन्द्रिय बल कानून व्यवस्था कायम राख्नको लागि तैनाथ थियो। अचानक आक्रमक भएका ग्रामीणहरूले सुरक्षा बलहरूमाथि ढुङ्गा हान्न थाले जसबाट क्षेत्रमा कोकोहोलो मचियो।

स्थिति केही समयसम्म नियन्त्रणदेखि बाहिर गए पनि सुरक्षाकर्मीहरूले स्थितिलाई सम्हाल्ने प्रयासलाई जारी राखे। घटनापछि क्षेत्रमा अतिरिक्त पुलिस र केनद्रिय बलहरूलाई तैनाथ गरियो ताकि स्थितिलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकियोस्।

प्रशासनको पक्षबाट सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाइएको छ तथा मतदान प्रक्रियालाई बाधित हुन नदिनको लागि लगातार निगरानी गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande