मतदान केन्द्रमा पुगे शुभेन्दु, मोबाइल प्रयोग गरेको आरोपमा बीएलओलाई हप्काए
मतदान केन्द्रमा पुगे शुभेन्दु, मोबाइल प्रयोग गरेको आरोपमा बीएलओलाई हप्काए


पूर्व मेदिनीपुर, 23 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको पहिलो चरणको मतदान भएको दिन बिहीवार बिहान शुभेन्दु अदिकारीले आफ्नो बूथमा मतदान गरेपछि त्यहाँको ब्रजमोहन तिवारी हाई स्कूलस्थित एक मतदान केन्द्रमा पुगे जहाँबाट सिकायत आइरहेको थियो।

आरोप थियो, त्यहाँ तैनाथ एकजना महिला बूथ लेभल अफिसर (बीएलओ)-ले मतदान केन्द्रभित्र मोबाइल फोन प्रयोग गरिरहेकी थिइन् साथै मतदाताहरूलाई प्रभावित पार्ने प्रयास गरिरहेकी थिइन्।

सिकायत पाएपछि शुभेन्दु अधिकारी घटनास्थलमा पुगेर सम्बन्धित बीएलओलाई चेताउनी दिए। केही समयसम्म त्यहाँको स्थितिको जाँच गरेपछि उनी अर्को बूथको निरीक्षण गर्न गए।

यसबीच सम्पूर्ण मतदान प्रक्रियामाथि चुनाउ आयोगले कड़ा नजर राखेको छ। तथापि यस आरोपको कारणले केही समयसम्म मतदान केन्द्रको स्थिति तनाउपूर्ण बन्यो, तर पछि स्थिति सामान्य भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande