भाजपा प्रत्याशी निशीथ प्रमाणिकलाई घेरेर तृणमूलले गऱ्यो प्रदर्शन
भाजपा प्रत्याशी निशीथ प्रमाणिकलाई घेरेर तृणमूलले गऱ्यो प्रदर्शन


कुचबिहार, 23 अप्रेल (हि.स.)। मतदानको दिन घोजाडाङ्गा चिया बगान क्षेत्रमा भाजपा प्रत्याशी एवं पूर्व केन्द्रीय मन्त्री निशीथ प्रमाणिकलाई तृणमूल कङ्ग्रेसका समर्थकहरूको तीव्र विरोधको सामना गर्नुपऱ्यो। ‘पैसे बितरण’ गरेको गम्भीर आरोपले सम्पूर्ण क्षेत्रको माहोल गर्मियो।

यो घटना माथाभाङ्गा विधानसभा क्षेत्रको घोजाडाङ्गा चिया बगान क्षेत्रको 2/48 नम्बर बूथ निकट भएको हो। निशीथ प्रमाणिक त्यहाँ पुगेका मात्र थिए, तृणमूल कार्यकर्ताहरूले उनलाई घेरेर आरोप लगाए, उनले मतदाताहरूलाई प्रभावित पार्ने चेष्टा गरिरहेका छनअ।

तृणमूल नेताहरूको दाबी छ, भाजपा प्रत्याशीले गोप्य रूपमा भोटरहरूलाई पैसा वितरण गरिरहेका थिए। यो खबर फैलिनसाथ क्षेत्रमा ‘जय बङ्गला’ औ ‘गो ब्याक’- को नारा गुञ्जिन थाल्यो। स्थिति बिग्रिएर यहाँसम्म पुग्यो कि दुवै पक्षबीच चर्को बहस साथै झड़प समेत भयो। लौरो आदि लिएर भिड़िएको कारणले स्थिति झन् तनाउपूर्ण भयो।

तथापि निशीथ प्रमाणिकले सबै आरोपहरूलाई खारेज गर्दै भने, तृणमूलले आफ्नो हारलाई निश्चित मानेर झुटो आरोप लगाइरहेको छ। उनले भने, ममाथि हमला गराउने षड़यन्त्र रचिँदैथ्यो।

स्थितिलाई नियन्त्रण गर्नको लागि ठूलो संख्यामा पुलिस बल अनि केन्द्रिय सुरक्षा बल घटनास्थलमा पुग्यो। दुवै पक्षलाई अलग्गाएर स्थितिलाई नियन्त्रण गरियो। भाजपा प्रत्यासीलाई कड़ा सुरक्षाबीच बाहिर निकालियो। हाल क्षेत्रमा तनाउपूर्ण शान्ति कायम भएको छ भने सुरक्षा बलहरूले लगातार गस्ती गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande