
सिलगढ़ी, 23 अप्रेल (हि.स.)। सिलगढ़ी पश्चात अब फाँसीदेवामा पनि ‘छप्पा भोटिङ्ग ’ (प्रक्सी भोटिङ्ग) भएको आरोप सामु आएको छ। पहिलो चरणको मतदान अवधि सिलगढ़ी महकुमाको सुदामगछ क्षेत्रस्थित बूथ नम्बर 27/165 मा अचम्भको घटा घट्यो जसले गर्दा सम्पूर््अण क्षेत्रमा तनाउ फैलियो।
प्राप्त जानकारी अनुसार सुदामगछ निवासी दीपु सिंह (सीरियल नम्बर 679 को मतदाता) भोट दिन मतदान केन्द्रमा पुग्दा उनलाई बताइयो, उनको भोट पहिला नै खसालिसकिएको छ। यसमाथि उनले विरोध व्यक्त गरे पनि कुनै समाधान हुन नसकेपछि उनलाई भोट नदिई फर्किनुपऱ्यो। घटनापछि क्षेत्रमा खैलाबैला शुरू भयो। स्थानीय मानिसहरूमा आक्रोश फैलियो।
केही मानिसहरूले चुनाउ प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। यस मामिलामा बूथ लेभल अफिसर (बीएलओ)- सित सम्पर्क गरदा उनले भने, यस्तो सम्भव नै छैन। तथापि प्रीसाइडिङ्ग अफिसर वा अन्य उच्च अधिकारीहरूको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै स्पष्ट जवाफ प्राप्त भएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा