
खरसाङ, 23 अप्रेल (हि.स.)। यसपाली जनताले परिवर्तनलाई मन पराएका छन्। कुनै पनि पार्टीको जन्म तीनधारेबाट भएको छ भने यसपाली परिवर्तनको लहर पनि तीनधारेबाटै हुनेछ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय सदस्य युकास प्रधानले यस्तो दाबी गरेका हुन्।
उनले यसपाली तीनधारे महानदी समष्टिमा परिवर्तनको लहर चलेको छ भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी खरसाङ विधानसभा समष्टिकी उम्मेदवार बन्दना राईको जीत सय प्रतिशत निश्चित रहेको दाबी गरे। तीनधारेमा पत्रकारहरुलाई सम्बोधन गर्दै पार्टी सदस्य युकास प्रधानले भने, खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेदवार बन्दना राईको जीत निश्चित छ। उनको जीतको आधार भनेको पार्टीको केन्द्रिय संयोजक अजय एडवर्ड्सको सोंच र काम हो। पहाडले अजय एडवर्ड्सको नीति र कामलाई मन पराएका छन् भने पहाडले बन्दना राईलाई पनि रुचाएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक