
बाँकुड़ा, 23 अप्रेल (हि. स.)। बिहीवार अपरान्ह मतदान अवधि एक दुःखदायी घटना घटेको छ। जयपुरको जगन्नाथपुरमा मतदान गर्न आएका एकजना व्यक्तिको अचानक स्वास्थ्य बिग्रियो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान काशिचटा गाउँका काशेम चौधरीको रूपमा भएको छ।
भनिन्छ, उक्त व्यक्ति मतदान गर्नको लागि मतदान केन्द्रमा पुगेका थिए। यसै अवधि उनको अचानक स्वास्थ्य बिग्रियो।
स्थानीय मानिसहरूको आरोप छ, बिमार भएपछि उनलाई अस्प्ताल लैजानको लागि चुनाउ आयोगको पक्षबाट कुनै वाहन उपलब्ध गराइएन। यसले गर्दा गाउँका मानिसहरू रूष्ट भएका छन्।
घटनापछि आक्रोशित ग्रामीणहरूले प्रदर्शन गर्न शुरू गरे अनि पुलिसलाई शव लैजानदेखि रोके। घटनास्थलको माहोल तनाउपूर्ण भयो।
यो समाचार लेखुञ्जेलसम्म पुलिसले स्थितिलाई नियन्त्रण गर्ने चेष्टा गरिरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा