आसनसोल इञ्जीनियरिङ्ग कलेज भयो स्ट्र्ङ्ग रूम, सुरक्षाको ठोस प्रबन्ध
आसनसोल इञ्जीनियरिङ्ग कलेज भयो स्ट्र्ङ्ग रूम, सुरक्षाको ठोस प्रबन्ध


आसनसोल, 24 अप्रेल (हि.स.)। बङ्गालमा पहिलो चरणको मतदान भएपछि पश्चिम बर्दवान जिल्लाका नौ वटा विधानसभा क्षेत्रहरूमध्ये छः वटा विधानसभा केन्द्रहरू क्रमैले आसनसोल उत्तर र दक्षिण, कुल्टी, बाराबनी, जमुड़िया औ रानीगञ्जको इलेक्ट्रनिक भोटिङ्ग मशिन (ईभीएम) हरूलाई सुरक्षित राख्नको लागि आसनसोलको जुबली मोड़स्थित आसनसोल इञ्जीनियरिङ्ग कलेजलाई स्ट्रङ्ग रूम बनाइएको छ। गए बिहीवार मतदान भएपछि विभिन्न विधानसभा क्षेत्रहरूबाट ईभीएमहरूलाई यहाँ ल्याएर कड़ा सुरक्षाबीच जमा गरियो।

शुक्रवार पश्चिम बर्दवानका जिल्लाधिकारी एस. पोन्नबलमले आसनसोल इञ्जीनियरिङ्ग कलेजमा पुगेर स्ट्र्ङ्ग रूमको सुरक्षा व्यवस्था तथा तयारीहरूको जायजा लिए। उनले बताए, मतदान कर्मीहरू, प्रशासनिक अधिकारीहरू औ विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरूको उपस्थितिमा सबै ईभीएमलाई नियम अन्तर्गत सील गरी स्ट्रङ्ग रूममा राखिएको छ। उनले भने, प्रशासनका अधिकारीहरूले प्रतिदिन यहाँ आएर सुरक्षा व्यवस्थाको समीक्षा गर्नेछन्। मतगणनाको दिन विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरूको बस्ने व्यवस्था र सुरक्षाको पनि पुख्ता व्यवस्था गरिनेछ।

जिल्लाधिकारीले बताए, केन्द्रिय सुरक्षा बलको एक प्लाटुन पनि यहाँ आइसकेको छ जसले स्ट्रङ्ग रूमको निगरानी निरन्तर गरिरहेको छ। उनले यो पनि चेताउनी दिए, यदि कुनै मतदान कर्मीले ड्यूटीमा लापरवाही गरेको पाइए सम्बन्धित कर्मीविरूद्ध कड़ा कारबाही गरिनेछ।

अर्कोतिर स्ट्रङ्ग रूमलाई लिएर राजनीतिक बयानबाजी पनि तीव्र भएको छ। आसनसोल दक्षिणबाट भाजपा प्रत्याशी अग्निमित्रा पालले भनिन्, तृणमूल कङ्ग्रेसले पछिल्लो 15 वर्षमा चोरी तथा भ्रष्टाचारीको राजनीति गरेको छ, त्यसैले उनीहरूलाई लाग्छ कि हरेक पार्टीले त्यस्तै काम गर्छ। उनले भनिन्, भाजपाले जनताको समर्थनबाट चुनाउ जित्नेछ साथै उनलाई पूर्ण भरोसा छ कि राज्यमा आगामी सरकार भाजपाकै बन्नेछ।

तृणमूलद्वारा स्ट्रङ्ग रूम बाहिर पहरा दिइने कुरामाथि उनले भनिन्, यदि तृणमूललाई गड़बड़ी हुने शंका लागेको छ भने उसले पहरा दिनसक्छ। तर भाजपा पनि पूर्ण सतर्कताको साथमा निगरानी राख्नेछ, किनभने भाजपा कार्यकर्ताहरूलाई तृणमूलले कसरी चुनाउमा गड़बड़ी गर्छ भन्ने कुरा राम्ररी थाहा छ।

कङ्ग्रेस प्रत्याशी प्रसनजीत पुईतुण्डीले भने, पश्चिम बङ्गालमा तृणमूल र भाजपा यो साबित गर्नमा लागिपरेको छ कि यिनीहरू बाहेक अन्य कुनै राजनीतिक शक्ति छैन जबकि यस्तो केही पनि होइन। उनले भने, ईभीएम परिवर्तन गर्ने कुरालाई पूर्ण रूपमा खारेज गर्न सकिंदैन, किनभने देशका विभिन्न राज्यहरूमा यस किसिमका घटनाहरू लगातार भइरहेकै छ।

यसरी नै पश्चिम बर्धमान जिल्ला तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष पार्थ देवासीले भने, आगामी 4 मईमा पश्चिम बङ्गालसँगसँगै पश्चिम बर्दवान जिल्लामा पनि “हरित तूफान” आउनेछ अनि जिल्लाका नौ वटै विधानसभा सीटहरूमा तृणमूल कङ्ग्रेसले जीत दर्ता गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande