
कोलकाता, 24 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ अन्तर्ग्त पहिलो चरणको मतदानलाई लिएर तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले ठूलो दाबी गरेका छन्। उनले भने, पहिलो चरणमै तृणमूल कङ्ग्रेसले सय वटा सीटको आँकड़ालाई पार गरिसकेको छ जसबाट भाजपा खेमामा डर उत्पन्न भएको छ।
हावड़ाको जगतबल्लभपुरमा आयोजित एक सभालाई सम्बोधन गर्दै अभिषेक ब्यारन्जीले भने, पहिलो चरमको मतदानपछि भाजपा नेताहरूमा चिन्ता स्पष्ट रूपमा देखिँदैछ।
पहिलो चरणमा 152 वटा सीटको लागि मतदान भएको छ। निर्वाचन आयोग अनुसार यी सीटहरूमा लगभग 92.88 प्रतिशत मतदान दर्ता गरियो जसलाई राज्य मात्र नभएर देशभरिकै विधानसभा चुनाउहरूमा एक दुर्लभ आँकड़ा मानिँदैछ।
मतदान प्रतिशतलाई लिएर तृणमूल र भाजपा दुवै दलले आ-आफ्नो पक्षमा परिणाम आउने दाबी गरिरहेका छन्। भाजपा नेता शुभेन्दु अधिकारीले पहिला नै भनिसकेका छन्, उनको पार्टीले पहिलो चरणमा 125 वटा भन्दा कम सीट जित्नेवाला छैन। यसरी नै केन्द्रिय गृहमन्त्री अमित शाहले दाबी गरे, 152 वटा सीटमध्ये 110 सीटमा भाजपाको जीत तय छ।
अर्कोतिर तृणमूल कङ्ग्रेसको भनाइ छ, पहिलो चरणमै पार्टी 125 वटा सीट जित्ने स्थितिमा छ। यसै क्रममा अभिषेक ब्यानर्जीले आफ्नो भाषणमा भने, तृणमूलले पहिलो चरणमै शतक पार गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा