
शोणितपुर (असम), 24 अप्रेल (हि.स.)। शोणितपुर जिल्लान्तर्गत रङ्गापारा पुलिस थानाको रूपाजुली चिया बगानमा स्थानीय मानिसहरूले एउटा गाई चोर्दै गरेका चारजना चोरहरूलाई समाते। रङ्गापारा पुलिसले आज बताएको छ, दिउँसो लगभग 12 बजे रूपाजुली चिया बगानको 13 नम्बर लाइनमा चारजना मानिसहरूको एउटा टीमले महिन्द्रा स्कर्पियो वाहन (एआर-01जे-8987) मा एउटा पशुधनलाई लगिरहेको सूचना पाएर स्थानीय मानिसहरूले उक्त वाहनलाई रोके। त्यसपछि वाहनमा सवार चारैजना चोरहरूलाई वाहनबाट झारेर आक्रोशित मानिसहरूले कुटपिट गरे। गाउँलेको धुलाईले चारैजना चोरहरू अचेत भएर लड़े। त्यसपछि सबै चोरहरूलाई रङ्गापारा पुलिसलाई सुम्पिइयो। चोरहरूको पहिचान रहाको दिघलीआटी निवासी साहेब अली, तेजपुरको परुवा गुटलुङ्ग निवासी जाकिर हुसैन, सिराज हुसैन र सैफुल हकको रूपमा गरिएको छ। यी चोरहरूको कब्जाबाट बचाइएको गाई रूपाजुली चिया बगानका डेनियल बाघ नामक व्यक्तिको रहेको थाहा लागेको छ। घटनाको सम्बन्धमा रङ्गापारा पुलिसले 26/26 नम्बरको एक मामिला दर्ता गरी जाँच शुरू ग रेको छ। साथै गाई चोरहरूलाई पक्राउ गरी जेल पठाउने कारबाहीमा जुटेको छ।
उल्लेखनीय छ, रङ्गापारा क्षेत्रमा गाई चोरहरूको कारणले स्थानीय मानिसहरू चिन्तित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा