
जमशेदपुर, 24 अप्रेल (हि.स.)। पश्चिम बङ्गालमा चुनाउ प्रचार गरेर फर्केका भाजपाका वरिष्ठ नेता एवं पूर्व मन्त्री दुलाल भुइयाँले शुक्रवार दाबी गरेका छन्, पश्चिम बंगालमा आगामी सरकार भाजपाकै बन्न गइरहेको छ।
उनले आफ्नो हालैको चुनावी अनुभवहरूलाई साझा गर्दै भने, धरातलीय स्तरमा पार्टीको स्थिति पहिलाबाटै सशक्त छ। कार्यकर्ताहरूमा पनि उत्साह छाएको स्पष्ट रूपमा देखिएको छ।
दुलाल भुइयाँले बताए, पार्टीको पक्षबाट उनलाई कुनै पनि प्रकारको जिम्मेवारी सुम्पिइएको थिएन। तर एकजना समर्पित कार्यकर्ता भएको नातामा उनले स्वयं पहल गर्दै चुनाउ प्रचारमा सक्रिय भूमिका निर्वाह गरे। उनले झारखण्डको जुगसलाई विधानसभा क्षेत्र संलग्न पश्चिम बङ्गालमा रहेको आफ्नो सम्पर्कलाी उपयोग गर्दै त्यहाँका कतिपय क्षेत्रहरूमा पुगेर प्रचार-प्रसार गरे।
उनले बताए, प्रथण चरणको मतदानपूर्व उनले बड़ा बजार, निमड़ी, रघुनाथपुर, काकुदाड, हुगडिह औ माधवपुर जस्ता क्षेत्रहरूमा भाजपा कार्यकर्ता एवं स्थानीय मानिसहरूमाझ पुगेर पार्टीको पक्षमा माहोल बनाउने प्रयास गरे। उनका साथीहरूले पनि यस अवधि पूर्ण मिहेनत तथा प्रतिबद्धताको साथमा प्रचारको दायित्व निर्वाह गरे।
श्री भुइयाँले भने, यी क्षेत्रहरूमा जनताको दृष्टिकोण भाजपाप्रति सकारात्मक देखियो। मानिसहरूमा परिवर्तनको इच्छा रहेको स्पष्ट देखियो। उनले दाबी गरे, भाजपाको पक्षमा सशक्त जनसमर्थन तयार भइसकेको छ जसो परिणाम आगामी दिनमा सरकार गठनको रूपमा हामी सामु आउनेछ।
उनले यो पनि भने, भाजपा कार्यकर्ताहरूको एकजुटता औ साङ्गठनिक रणनीतिको कारणले पार्टीले निरन्तर आफ्नो पकड़लाई बलियो बनाइरहेको छ। दुलाल भुइयाँले विश्वास व्यक्त गरे, पश्चिम बङ्गालमा यसपालि परिवर्तन आाउनु निश्चित छ। भाजपाले राज्यको सत्ता हासिल गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा