कालीघाटमा भाजपा कार्यकर्तालाई धम्क्याएको आरोप, चुनाउ आयोगसित हस्तक्षेप गर्ने माग गरियो
कालीघाटमा भाजपा कार्यकर्तालाई धम्क्याएको आरोप, चुनाउ आयोगसित हस्तक्षेप गर्ने माग गरियो


हुगली, 24 अप्रेल (हि.स.)। पश्चिम बङ्गालको राजधानी कोलकाताको कालीघाट क्षेत्रमा राजनीतिक तनाउ भएको समाचार प्राप्त भएको छ।सभारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो एकजना महिला कार्यकर्तालाई डर देखाएको तथा धम्क्याएको आरोप लगाएको छ। यो आरोप भाजपा नेता शुभेन्दु अधिकारीद्वारा शुक्रवार सोशल मीडिया प्लेटफर्म एक्समा गरिएको एक पोस्टको माध्यमबाट प्रकाशमा आएको हो।

पोस्ट अनुसार वार्ड नम्बर 71-की भाजपाकी शक्ति केन्द्र प्रमुख श्रीमती बीना दासलाई त्यसबेला लक्षित गरियो जतिबेला उनले पार्टीको समर्थनमा घर-घरमा गएर प्रचार गरिरहेकी थिइन्। आरोप छ, गए बिहीवार साँझ लगभग 7:20 बजे केही मानिसहरूको जमात उनको आवास बाहिर भेला भए अनि उनलाई घेरेर प्रचार कार्यलाई रोक्ने प्रयास गरे। यस अवधि कथित रूपमा उनलाई धम्क्याइयो साथै मानसिक दबाव पनि दिइयो।

भाजपाले यस घटनालाई लोकतान्त्रिक अधिकाकरहरूको उल्लङ्घन बताउँदै आरोप लगाएको छ, सत्तारूढ़ तृणमूल कंग्रेस (टीएमसी)-सित जोड़िेका केही असामाजिक तत्वहरूले विपक्षी कार्यकर्ता, विशेष गरी महिला कार्यकर्ताहरूलाी भयभित पार्ने चेष्टा गरिरहेको छ। तथापि यी आरोपहरूलाई लिएर तृणमूल कङ्ग्रेसको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।

यस सम्बन्धमा कालीघाट थानामा सिकायत दर्ता गरिएको छ। भाजपा नेताले चुनाउ आयोगसित मामिलाको संज्ञा लिने अनि दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्। साथै कोलकाता पुलिसको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, चुनावी माहोलमा यस प्रकारका घटनाहरूले राज्यको कानून-व्यवस्था र राजनीतिक वातावरणलाी प्रभाव पार्नसक्छन्। हाल मामिलाको आधिकारिक पुष्टि तथा जाँच परिणामको प्रतिक्षा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande