बालीमा परिचारिकाद्वारा होम्योप्याथी चिकित्सकको हत्या, आरोपीले थानामा गरिन् आत्मसमर्पण
बालीमा परिचारिकाद्वारा होम्योप्याथी चिकित्सकको हत्या, आरोपीले थानामा गरिन् आत्मसमर्पण


हावड़ा, 24 अप्रेल (हि.स.)। हावड़ा जिल्लाको बाली क्षेत्रमा एक सन्त्राषपूर्ण हत्या भएको ममिला प्रकाशमा आएको छ जहाँ एकजना होम्योप्याथी चिकित्सकको उनकै घरमा कथित रूपमा उनकी परिचारिकाद्वारा हत्या गरियो। गटनापछि आरोपी परिचारिकाले आफै थानामा पुगेर आत्मसमर्पण गरी। मृतकको पहिचान रामकृष्ण चालकीको रूपमा भएको छ जो बालीको जीटी रोड छेउमा एउटा बहुतले आवासमा बस्थे।

प्राप्त जानकारी अनुसार गए बिहीवार साँझ धारिलो हतियारले प्रहार गरी उनको ज्यान लिइयो।

पुलिस मुताविक घटना भएको तत्कालैपछि आरोपी परिचारिकाले बाली थानामा पुगेर आत्मसमर्पण गरी। पुलिसलाई उसले सम्पूर्ण घटनाक्रमको जानकारी दिई। पुलिसले उसलाई पक्राउ गरी मामिलाको अनुसन्धान कार्य शुरू गरेकोछ। शुक्र्वार आरोपीलाई हावड़ा अदालतमा पेश गरियो। अदालत परिसरदेखि बाहिर लैजाँदै गर्दा मीडियाले सोधेका प्रश्नहरूको आरोपीले जवाफ दिइन, शान्त भएर बसी।

परिवारको पक्षबाट यस घटनालाई लिएर गम्भीर आरोप लगाइएको छ। मृतकका दाज्युले बताए, उनको परिवार डानकुनीा बस्छन् भने रामकृष्ण चालकी आफ्नो छोरासित बालीमा बस्थे। उनकी पत्नी उनीसित बस्दिन थिई। पछिल्लो डेढ़ वर्षदेखिको सोही परिचारिका उनको घरमा काम गर्दै आइरहेकी थिई। उनले आरोप लगाए, परिचारिकाले पछिल्लो लामो समयदेखिकैै उनको भाइलाई ब्ल्याकमेल गर्दै आइरहेकी थिई।

घटना पछाड़िका कारणहरूलाई लिएर विभिन्न अड़कलहरू काड़िँदैछ। हाल हत्याको कारण पत्तो लगाउनको लागि विस्तृत जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande