मतदानपछि तृणमूलमा आन्तरिक द्वन्द्व भएको आरोप, बाँकुड़ामा नेतामाथि हमला
मतदानपछि तृणमूलमा आन्तरिक द्वन्द्व भएको आरोप, बाँकुड़ामा नेतामाथि हमला


बाँकुड़ा, 24 अप्रेल (हि.स.)। जिल्लामा मतदान भएको तुरून्तैपछि तृणमूल कङ्ग्रेसभित्र कथित गुटीय सङ्घर्ष भएको मामिला सामु आएको छ। पार्टीका स्थानीय नेतामाथि हमला भएपछि राजनीतिक खैलाबैला तीव्र भएको छ। घाइते नेताले आरोप लगाएका छन्, उनीमाथि भएको हमला उनकै पार्टीको एउटा गुटको इशारामा भएको हो।

स्थानीय सूत्र अनुसार यो घटना कोतुलपुर विधानसभा क्षेत्रको जयपुर थाना क्षेत्रमा भएको हो। तृणमूलको विष्णुपुर सङ्गठनात्मक जिल्लाको आईएनटीटीयूसीका सह-उपाध्यक्ष औ जयपुर पञ्चायत समितिका पूर्व कर्माध्यक्ष जाकिर खान शुक्रवार बिहान बाइकमा सवार भएर जङ्गलको बाटो जयपुर तर्फ गइरहेका थिए। यसै क्रममा केही मानिसहरूले उनलाई रोकेर लौरो, फलामको रड आदिले कुटपिट गरे।

बताइएको छ, घटना मुरलीगञ्ज जङ्गलको छेउमा हाटपुकुर क्यानल ब्रिज निकट भएको हो। हमलाकारीहरू गएपछि स्थानीय मानिसहरूले जाकिर खानलाई घाइते अवस्थामा सड़क किनारमा लड़िरहेको देखेर पार्टी कार्यकर्ताहरूलाई सूचना दिए। त्यसपछि उनलाई पहिला जयपुर ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो जहाँबाट गम्भीर अवस्थालाई ध्यानमा राखेर विष्णुपुर सुपर स्पेशियलिटी अस्पतालमा रेफर गरियो।

घाइते जाकिर खानले आरोप लगाए, हमलाकारी असामाजिक तत्व भए पनि उनीहरूलाई केही तृणमूल नेताहरूको संरक्षण प्राप्त छ। उनले दाबी गरे कोतुलपुरबाट तृणमूल उम्मेद्वार हरकाली प्रतिहारका भाइ मृत्युञ्जय प्रतिहारको निर्देशमा उनको हत्या गर्ने षड़यन्त्र रचियो जसान्तर्गत यो हमला गरियो। तथापि उनले यसलाी गुटीय सङ्घर्ष मान्न अस्वीकार गरे।

यता उक्त आरोपहरूलाई खारेज गर्दै मृत्युञ्जय प्रतिहारले भने, उनी त्यसबेला पार्टीका अन्य कार्यहरूमा व्यस्त थिए र उनीविरूद्ध लगाइएको आरोप निराधार छ। उनले पुलिससित मामिलाको निष्पक्ष जाँच गरी दोषीहरूविरूद्ध कारबाही गर्ने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande