जुबिन गर्ग हत्या मामिलामा चार्ज फ्रेममाथि सुनवाई जारी
जुबिन गर्ग हत्या मामिलामा चार्ज फ्रेममाथि सुनवाई जारी


गुवाहाटी, 24 अप्रेल (हि.स.)। जुबिन गर्ग हत्या मामिलामा चार्ज फ्रेमलाई लिएर शुक्रवार न्यायालयमा सुनवाईको प्रक्रिया जारी रहनेछ जसलाई मामिलाको महत्वपूर्ण चरणको रूपमा हेरिँदैछ।

यसअघि गए बिहीवार आरोपी श्यामकानू महन्तको जमानत याचिकामाथि सुनवाई पूरा भएको थियो। अदालतले यसमाथि आफ्नो फसेला सुरक्षित राखेको छ भने आगामी 30 अप्रेलको दिन फसेला सुनाउने तिथि निर्धारण गरेको छ।

यसै क्रममा आज अर्को आरोपी सिद्धार्ध शर्माको जमानत याचिकामाथि पनि न्यायालयमा सुनवाई गरिनेछ जसबाट मामिलाको न्यायिक प्रक्रिया अगाड़ि बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande