अभि-नील हत्याकाण्डको दोषीले तल्लो अदालतक फसेलालाई उच्च अदालतमा चुनौती दिने
अभि-नील हत्याकाण्डको दोषीले तल्लो अदालतक फसेलालाई उच्च अदालतमा चुनौती दिने


नगाउँ (असम), 24 अप्रेल (हि.स.)। बहुचर्चित अभि-नील हत्याकाण्डमा सजाय सुनाइएपछि मामिला अब उच्च न्यायालयसम्म पुग्नेछ। मामिलामा दोषी ठहराइएका 20 जना मानिसहरूका अधिवक्ता मानस शरणिले शुक्रवार भने, उनले तल्लो अदालतको फसेलालाई उच्च अदालतमा चुनौती दिनेछन्।

उल्लेखनीय छ, नगाउँ जिल्ला एवं सत्र न्यायालयले शुक्रवार सबै 20 जना दोषीहरूलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले प्रत्येक दोषीमाथि 20 हजार रुपियाँको जरीमाना पनि लगाएको छ। लामो कानूनी प्रक्रियापछियो महत्वपूर्ण फसेला सुनाइएको छ।यस अघि गत 20 अप्रेलको दिन यसै अदालतले सबै आरोपीहरूलाई दोषी ठहराएको थियो। यो मामिला त्यसबेला सारा राज्यमा व्यापक जन आक्रोशको कारण भएको थियो।

उल्लेखनीय छ, गत 8 जून, 2018-मा कार्बी आङ्गलोङ्ग जिल्लाको डकमोका पाञ्जुरी गाउँमा उन्मादी भीड़ले दुईजना युवकहरू क्रमैले अभिजीत नाथ र नीलोत्पल दासको कुटेरै हत्या गरेको थियो।सजाय सुनाइएपछि पीड़ितहरूका परिवारले प्रतिक्रिया व्यक्त गर्दै भने, उनीहरू अदालतको यस फसेलादेखि सन्तुष्ट छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande