विषाक्त मिठाईको सेवनले दर्जनौं नानीहरू बिमार,अस्प्तालमा भर्ती
विषाक्त मिठाईको सेवनले दर्जनौं नानीहरू बिमार,अस्प्तालमा भर्ती


नवादा, 24 अप्रेल (हि.स.)। नवादा जिल्लाको रजौली थाना अधिनस्थ मनहर गाउँमा विवाहको खुशी त्यसबेला चिन्तामा परिणत भयो जतिबेला शुक्रवार विषाक्त मिठाई खाएपछि दर्जनौं बाल-बालिकाहरू अचानक बिमार भए। घटनापछि क्षेत्रमा खैलाबैला मचियो। परिवारहरू चिन्तित हुन थाले।

जानकारी अनुसार सोही गाउँ निवासी ओंकार सिंहका छोराको विवाह गत 20 अप्रेलमा सम्पन्न भएको थियो। विवाहपछि बचेको मिठाई 24 अप्रेलको दिन गाउँका बाल-बालिकाहरू तथा ग्रामीणहरूमा वितरण गरियो। मिठाई खाएको क्षणभरमै नानीहरू बान्ता गर्न थाले, कसैलाई भुँड़ी दुख्न थाल्यो। हेर्दा-हेर्दै नानीहरूको अवस्था बिग्रिएको देखेर परिवारजन आतिए।

सबै नानीहरूलाई हतार-हतार अस्पतालमा लगियो।

अस्पतालमा तैनाथ डाक्टर सूरज कुमारले सबै नानीहरूलाई प्राथमिक उपचार गरे। डाक्टर अनुसार हाल सबै नानीहरू खतरादेखि बाहिर छन् र उनीहरूको स्थिति सामान्य रहेको बताइँदैछ।

घटनापछि गाउँमा सन्त्राष एवं चिन्ताको माहोल सृजना भयो। ग्रामीणहरूको भनाइ छ, सम्भवतः बासी मिठाई खाएको कारणले बाल-बालिकाहरूको स्वास्थ्य प्रभावित भएको होला। हाल सबै नानीहरू उपचाराधिन छन् भने सबैले चाँड़ै स्वास्थ्य हुने प्रार्थना गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande