बारूइपुरमा चुनाउ प्रचार अवधि ई-रिक्शामाथि हमला गरेको आरोप, तनाउ व्याप्त
बारूइपुरमा चुनाउ प्रचार अवधि ई-रिक्शामाथि हमला गरेको आरोप, तनाउ व्याप्त


बारूइपुर, 24 अप्रेल (हि.स.)। पश्चिम बङ्गालमा जारी विधानसभा चुनाउबीच राजनीतिक माहोल गर्मिरहेको छ। दुई चरणमा भइरहेको यस चुनाउ अन्तर्गत पहिलो चरणको मतदान गए बिहीवार सम्पन्न भइसकेको छ भने दोस्रो चरणको लागि आगामी 29 अप्रेल, शुक्रवार मतदान हुनेछ। दोस्रो चरणको मतदान हुन एक साताअघि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित बारूइपुर दौड़ाहअघि क्षेत्रको माहोल तनाउपूर्ण भएको छ।

भारतीय जनता पार्टी (भाजपा)-ले आरोप लगाएको छ, बारुइपुर पश्चिम विधानसभा क्षेत्रमा चुनाउ प्रचारको लागि उपयोग गरिरहेको एउटा ई-रिक्शामाथि हमला गरियो। तथापि तृणमूल कङ्ग्रेस (टीएमसी)-ले उक्त आरोपलाई खारेज गरिदिएको छ।

भाजपा अनुसार गए बिहीवार बारूइपुर पश्चिम विधानसभा क्षेत्रको कल्याणपुर ग्राम पञ्चायत क्षेत्रमा प्रचार गरिँदैथ्यो। यसको लागि स्थानीय अजय हालदारको ई-रिक्शालाई भाड़ामा लिइएको थियो। आरोप छ, कल्याणपुरको चाकरबेड़िया क्षेत्र निकट टीएमसीका स्थानीय कार्यकर्ता अनि समर्थकहरूले चालक हालदारलाई प्रचार गर्नदेखि रोके। भाजपाले दाबी गरेको छ, अजय हालदारमाथि कुटपिट गरिनको साथै उनको वाहनमा तोड़फोड़ अनि प्रचार सामग्रीहरू जस्तै फ्लेक्स र ब्यानरहरूलाई च्यातियो।

घटना बारे जानकारी पाउनात भाजपाकबाट बारूइपुरका उम्मेद्वार विश्वजीत पाल घटनास्थलमा पुगे। उनले आरोप लगाए, क्षेत्रका वर्तमान विधायकको जनतासित कुनै किसिमको सम्बन्ध छैन। उनले अलोकतान्त्रिक शैली अप्नाउँछन्। उनले भने, यस घटनामा सामेल मानिसहरूलाई चिन्हित गरी उनीहरूविरूद्ध कारबाही गरियोस्। भाजपाले यस सम्बन्धमा बारुइपुर थानामा सिकायत दर्ता गर्ने बताएको छ।

यता उपरोक्त आरोपहरूलाई खारेज गर्दै कल्याणपुर ग्राम पञ्चायतका प्रधान सुरजीत पुरकायतले भने, यस घटनामा तृणमूल कङ्ग्रेसको कुनै भूमिका छैन। उनले आरोप लगाे, भाजपाले आफ्नो आन्तरिक विवादलाई लुकाउनको लागि टीएमसीमाथि आधारहीन आरोप लगाइरहेको छ। उनको भनाइ छ, पुलिस जाँचपछि वास्तविकता उजागार हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande