
मेदिनीपुर, 24 अप्रेल (हि.स.)। पश्चिम बङ्गालको दाँतन क्षेत्रमा शुक्रवार एक पीड़ादायी दुर्घटनामा पिता-पुत्रको डुबेर मृत्यु भयो। यो घटना सुवर्णरेखा नदीमा स्नान गर्ने क्रममा भएको हो।
प्राप्त जानकारी अनुसार दाँतनको बड़ा क्षेत्र निवासी मानस चन्द्र (50) आफ्नो 9 वर्षीय छोरा मौसुम चन्द्रसित घर नजिकै बग्ने सुवर्णरेखा नदीमा स्नान गर्न गएका थिए। लामो समयसम्म पनि घर नफर्किएको कारणले परिवारका मानिसहरू चिन्तित भएर सबैतिर खोज्नशुरू गरे।
खोज्ने क्रममा स्थानीय मानिसहरूबाट थाहा लाग्यो, पिता-पुत्र नदीको पानीमा डुबेका छन्। खबर फैलिनसाथ क्षेत्रमा कोकोहोलो मचियो। ग्रामीणहरूले तुरून्त नदीको किनारमा पुगेर खोजी कार्य शुरू गरे। केही समयपछि पहिला छोरालाई र पछि बुवालाई नदीबाट निकालियो, तर त्यसबेलासम्ममा दुवैको मृत्यु भइसकेको थियो।
सूचना पाएर दाँतन थाना पुलिस घटनास्थलमा पुग्यो अनि दुवै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो। पुलिस अनुसार शनिवार शवहरूलाई पोस्टमर्टम गराइनेछ। यस हृदयविदारक घटनापछि सम्पूर्ण क्षेत्र शोकमा डुबेकोछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा