चुनाउ आयोगले हिङ्गलगञ्जका ओसीलाई निलम्बित गरिदियो
चुनाउ आयोगले हिङ्गलगञ्जका ओसीलाई निलम्बित गरिदियो


कोलकाता, 24 अप्रेल (हि.स.)। भारतीय चुनाउ आयोगले पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026 अवधि पक्षपात गरेको तथा स्थानीय तत्वहरूसित कथित साँठगाँठ रहेको आरोपलाई गम्भीर रूपमा लिँदै हिङ्गलगञ्ज थानाका प्रभारी अधिकारी (ओसी) सन्दीप सरकारलाई तत्काल प्रभावबाट निलम्ब गर्ने आदेश दिएको छ।

आयोगले गए बिहीवार राज्य सरकारलाई पठाएको पत्रमा भनेको छ, हिङ्गलगञ्ज थानाका ओसी सन्दीप सरकारविरूद्ध अनुशासनात्मक कारबाही पनि तुरून्त शुरू गरियोस्। आयोग अनुसार चुनाउको समयमा निष्पक्ष माहोललाई कायम राख्नमा लापरवारी तथा पक्षपात गरेको आरोपलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।

आयोगले निर्देश दिएको छ, यस आदेशलाई तुरून्तै लागू गरियोस् भने यसको अनुपालन रिपोर्ट 24 अप्रेलको बिहान 11 बजेसम्ममा आयोगलाई पठाइयोस्।

साथै राज्य सरकारसित भनिएको छ, रिक्त भएको हिङ्गलगञ्ज थानाको ओसी पदलाई भर्नको लागि चाँड़ै नयाँ प्रस्ताव आयोगलाई पठाइयोस्।

यस सम्बन्धमा पत्रको प्रति पश्चिम बङ्गालका मुख्य निर्वाचन अधिकारी औ राज्यका डीजी एवं आईजीलाई पनि आवश्यक कारबाहीको लागि पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande