चक्रधरपुर रेलवे स्टेशनबाट छःजना नाबालिकाहरूको उद्धार, मानव तस्कर भाग्यो
चक्रधरपुर रेलवे स्टेशनबाट छःजना नाबालिकाहरूको उद्धार, मानव तस्कर भाग्यो


पश्चिमी सिंहभूम, 24 अप्रेल (हि.स.)। जिल्लाको चक्रधरपुर रेलवे स्टेशनमा शुक्रवार मानव तस्करी विरोधी एक महत्वपूर्ण कारबाहीमा 6 जना नाबालिकाहरूलाई संदिग्ध परिस्थितिमा अन्य राज्यहरूमा लैजान अगावै सुरक्षित बचाइयो। यो कारबाही रेलवे सुरक्षा बल (आरपीएफ), जीआरपी, रेलवे चाइल्ड हेल्पलाइन, श्रम विभाग, महिला थाना चक्रधरपुर औ जिल्ला विधिक सेवा प्राधिकार, चाईबासाको संयुक्त टीमद्वारा सञ्चालित विशेष अभियानको क्रममा गरिएको हो। तर तस्कर भने घटनास्थलबाट भाग्न सफल भयो जसलाई खोज्न पुलिस जुटेको छ।

जानकारी अनुसार, सबै बालिकाहरू 14-16 वर्षसम्मका रहेका छन्। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार, उनीहरूलाई राम्रो नोकरी, शहरमा सुखको जीवन तथा अधिक पैसा दिने प्रलोभन देखाएर झारखण्डदेखि बाहिर लगिँदैथ्यो। उक्त संदिग्ध गतिविधिको सूचना सम्बन्धित एजेन्सीहरूले पाउनसाथ तुरून्तै संयुक्त टीमले सक्रियता देखाउँदै चक्रधरपुर स्टेशनमा निगरानी बढ़ायो अनि संदिग्ध बालिकाहरूलाई रोकेर सुरक्षित आफ्नो संरक्षणमा लियो।

यस सम्पूर्ण अपरेशनको नेतृत्व थाना प्रभारी अवधेश कुमारले गरेका थिए जसमा विभिन्न विभागहरूबीच उत्कृष्ट समन्वय देख्न पाइयो। राँचीको एक सामाजिक संस्थाले पनि यस अभियानमा महत्वपूर्ण सहयोग पुऱ्यायो जसबाट समयमै यी बालिकाहरूलाई बचाउन सकियो। अधिकारीहरूको भनाइ छ, यो कारबाही पूर्व सूचना तथा सतर्क निगरानीको परिणाम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande