
लोहरदगा, 24 अप्रेल (हि.स.)। नेशनल हाइवे 39 कुड़ू-राँची मुख्य पथमाढुलुवाखुँटा थाना क्षेत्र निकटमालवाहक वाहनर स्कुटी आपस्तमा ठोक्किएर दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो। यस घटनामा अन्य चारजना मानिसहरूघाइते भएका छन्। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले सड़क जामलाई हटाएर यातायातलाई सामान्य बनायो।
भनिन्छ, सरकारी मदिरा लादिएको मालवाहक 407 वाहन राँचीदेखि कुड़ू तर्फ आइरहेको थियो भने स्कुटी राँची तर्फ गइरहेको थियो। यसै क्रममा मालवाहक वाहनले स्कुटीलाई ठक्कर दियो जसले गर्दा स्कुटी सवार दुईजना युवकहरूको घटनास्थलमै मृत्यु भयो भने एकजना महिला गम्भीर रूपमा घाइते भइन् जसको उपचारको क्रममा लोहरदगा सदर अस्पतालमा मृत्यु भयो।
यस दुर्घटनामा आमा र दुईजना छोरा गरी तीनजनाको मृत्यु भयो भने चारजना घाइते भए। घटनापछि दुई घण्टासम्म हाईवे जाम भयो। पछि पुलिसले जामलाई हटायो। तीनै शवहरूलाई पुलिसले पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घटनामा तीन वटा वाहनहरू क्षतिग्रस्त भएको छ जसमा मालवाहक वाहन, स्कुटी र एउटा कार सामेल छन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा