
बडगाम, 24 अप्रेल (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले शुक्रवार जम्मू-कश्मीरको बडगाम जिल्लामा एक जना आतङ्कवादीको जमीन जफत गऱ्यो।
बडगामको एसके बाग क्षेत्रमा अवस्थित उक्त जमीन नौगामको शेख-उल-आलम कलोनी निवासी तफजुल हुसैन परिमूको हो।
अधिकारीहरूले बताए, परिमू हाल एनआईएको हिरासतमा छ जसमाथि अवैध मदिरा बनाएको अधिनियम, शस्त्र अधिनियम औ विस्फोटक पदार्थ अधिनियमका विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरिेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा