
पूर्व मेदिनीपुर, 24 अप्रेल (हि.स.)। जिल्लाको मयना क्षेत्रमा मतदान भएको भोलिपल्ट शुक्रवार पुनः तनाउ व्याप्त भएको छ। तृणमूल कङ्ग्रेस र भाजपा समर्थकहरूबीच भएको झड़पमा दुवै पक्षका धेरैजना मानिसहरू घाइते भए। सबै घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। घटना मयनाको बकचार सान्तला पुल क्षेत्रमा भएको बताइएको छ।
तृणमूल समर्थकहरूको आरोप छ, गए बिहीवार अबेर राती भाजपा समर्थकहरूले उनीहरूको गरमा तोड़फोड़ गरिदिए। स मामिलामा पुलिसमा सिकायत पनि दर्ता गरिएको थियो। तृणमूल कार्यकर्ताहरूको भनाइ छ, शुक्रवार बिहान लगभग 250-300 भाजपा समर्थकहरूले उनीहरूको क्षेत्रमा आएर हमला गरे।
आरोप छ, हमलाकारीहरूले लौरो, फलामको रड आदिले हमला गरे अनि घरका महिलाहरूसित पनि दुर्व्यवहार गरे। यस घटनामा चारजना मानिसहरू गम्भीर रूपमा घाइते भए जसलाई मयना ब्लक स्वास्थ्य केन्द्रमा भर्ती गरिएको छ।
यता भाजपाको पक्षबाट लगाइएको आरोप भिन्नै छ।भाजपा कार्यकर्ताहरूको भनाइ छ, उनीहरू क्षेत्रमा बसेका थिए, स्थानीय तृणमूल नेता, उनकी पत्नी र केही अन्यसमर्थकहरूले उनीहरूमाथि हमला गरे। आरोप छ, फलामको रडले हमला गरियो जसबाट तीनजना भाजपा कार्यकर्ताहरू घाइते भए। यीमध्ये एकजनाको अवस्था गम्भीर छ जसलाई तमलुक मेडिकल कलेजमा पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा