नगरपालिका चुनाउ: डीपीएच वार्डमा ४६.०९ प्रतिशत मतदान
नगरपालिका चुनाउ: डीपीएच वार्डमा ४६.०९ प्रतिशत मतदान


गान्तोक, 24 अप्रेल (हि.स.)। गान्तोक जिल्ला प्रशासनले आज गान्तोक नगर निगम अन्तर्गत वार्ड नम्बर १० को एकल मतदान शान्तिपूर्ण र सुव्यवस्थित रूपमा सम्पन्न गरेको छ। मतदान प्रक्रिया बिहान ८:०० बजी शुरु भई साँझ ५:०० बजी शान्तिपूर्वक सम्पन्न भयो।

मतदान शुरु हुनुअघि बिहान ७:०० बजी इलेक्ट्रोनिक भोटिङ मेसिनको सही सञ्चालन सुनिश्चित गर्न मक पोल सञ्चालन गरिएको थियो। दिनभरि गान्तोकका एडीएम तथा उक्त वार्डका सहायक नगरपालिका निर्वाचन अधिकृत सिसुम वाङ्चुक भोटियाले मतदान प्रक्रिया सहज र व्यवस्थित रूपमा सञ्चालन सुनिश्चित गर्न स्थल निरीक्षण गरेका थिए।

गान्तोक वार्ड नम्बर १० डीपीएचमा कुल मतदाता सहभागिता ४६.०९ प्रतिशत रह्यो। जसमा महिला मतदाताको सहभागिता ४७.६८ प्रतिशत रहेको छ भने पुरुष मतदाता सहभागिता ४४.६६ प्रतिशत रहेको छ।

मतदान सम्पन्न भएपछि साँझ ७:३० बजी स्ट्रङ रुम खोलि सबै मतदान सम्पन्न भएका ईभीएमहरू सुरक्षित रूपमा भण्डारण गरियो, जसमा राजनीतिक दलका निर्वाचन प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरू उपस्थित थिए। त्यसपछि ७:४५ बजी स्ट्रङ रुमलाई सबैको उपस्थितिमा सिल गरियो।

जिल्ला प्रशासनले मतदानमा सहभागी सबै मतदाताहरू, मतदान कर्मचारी, सुरक्षा बल तथा अन्य सरोकारवालाहरूलाई शान्तिपूर्ण र प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गराउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको छ। मतगणना प्रक्रिया २५ अप्रेल, २०२६ बिहान ८:०० बजी शुरु हुनेछ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande