
नयाँ दिल्ली, 24 अप्रेल (हि.स.)। राष्ट्रीय मानवाधिकार आयोग (एनएचआरसी) ले छत्तीसगढ़को शक्ति जिल्लामा एक थर्मल पावर प्लान्टमा बोयलर ट्यूब विस्फोट घटनामा स्वतः संज्ञान लिएको छ। आयोगले शुक्रवार राज्यका मुख्य सचिव र पुलिस महानिदेशक (डीजीपी) लाई नोटिस जारी गर्दै दुई हप्ताभित्र विस्तृत रिपोर्ट पेश गर्न निर्देश दिएको छ।
उल्लेख्य, 14 अप्रेलमा बोयलर ट्यूब विस्फोटका कारण लगभग 13 जना श्रमिकहरूको मृत्यु भएको थियो र अन्य 20 जना घाइते भएका थिए। यसअघि विस्फोटबाट निस्केको अत्यधिक तातो बाफले कामदारहरूलाई आफ्नो चपेटमा लिएको थियो। पछि बोयलर बन्द र चिसो पारेपछि पुलिसले उद्धार कार्य शुरु गरेको थियो। घाइते कामदारहरूलाई विभिन्न अस्पतालहरूमा भर्ती गरिएको थियो।
आयोगले रिपोर्टमा कामदारहरूलाई क्षतिपूर्ति वितरणको स्थिति र घाइतेहरूको स्वास्थ्य स्थिति सामेल गर्न भनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी