प्रधानमन्त्री मोदीले पञ्चायतीराज दिवसमा जनप्रतिनिधिहरूलाई दिए शुभकामना
पीएम


नयाँ दिल्ली, 24 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चायती राज दिवसको अवसरमा देशभरिका जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै संस्कृत उखान मार्फत जनप्रतिनिधिहरूको भूमिका र जिम्मेवारीमाथि प्रकाश पारे। शुक्रवार एक्समा संस्कृत उखान साझा गर्दै प्रधानमन्त्रीले लेखेका छन्, “प्रजासुखे सुखं राज्ञः प्रजानां च हिते हितम्। नात्मप्रियं प्रियं राज्ञः प्रजानां तु प्रियं प्रियम्॥”

यस उखानको अर्थ व्याख्या गर्दै प्रधानमन्त्रीले भने, जनप्रतिनिधिको खुशी र कल्याण जनताको खुशी र कल्याणमा निहित हुन्छ। एक साँचो जनप्रतिनिधि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्छ र जनताको प्राथमिकतालाई आफ्नो ठान्दछ। आफ्नो सन्देशमा प्रधानमन्त्रीले जनसेवा र राष्ट्रिय सेवाप्रति जनप्रतिनिधिहरूको समर्पणको प्रशंसा गर्दै यसलाई प्रेरणादायी बताए। उनले सबै जनप्रतिनिधिहरूलाई बधाई दिए र देशको विकासमा उनीहरूको योगदानलाई महत्त्वपूर्ण बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande