
सक्ती, 24 अप्रेल (हि. स.)। छत्तीसगढ़को सक्ती जिल्ला स्थित वेदान्ता पावर प्लान्टमा गत 14 अप्रेलको दिन भएको भयानक दुर्घटनामा प्राण गुमाउनेहरूको संख्या लगातार बढ़्दो छ। दुर्घटनामा जलेर गम्भीर रूपमा घाइते भएका पश्चिम बङ्गाल निवासी मजदुर विश्वजीत साहूको शुक्रवार उपचारको क्रममा मृत्यु भयो जसपश्चात मृतकहरूको सङ्ख्या बढ़ेर 25 पुगेको छ। यस घटनाले फेरि एकपटक औद्योगिक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
जानकारी अनुसार दुर्घटना जलेका विश्वजीत साहूको उपचार रायपुरको श्री शङ्करा हस्पिटलमा भइरहेको थियो जहाँ उनलाई अण्डर अब्जर्भेशनमा राखिएको थियो। उपचारको क्रममा उनलाई अचानक कार्डियक अरेस्ट भयो। चिकित्सकहरूले हरसम्भव प्रयास गर्दा पनि उनको ज्यान बच्न सकेन।
स्मरण गराइन्छ, पछिल्लो 14 अप्रेलको दिन सक्ती जिल्लामा अवस्थित वेदान्ता पावर प्लान्टमा बायलरको फर्नेसमा अत्यधिक ईन्धन जमा भएको कारण दबाव असामान्य रूपमा बढ़ेको थियो जसले गर्दा बयलरको तल्लो पाइप आफ्नो ठाउँबाट सरेको कारणले भयानक विस्फोट भयो।
दुर्घटनापछि पुलिसले कारबाही गर्दै वेदन्ता ग्रुपका चेयरम्यान अनिल अग्रवाल, प्लान्ट हेड देवेन्द्र पटेल सहित 19 जना विरूद्ध एफआईआर दर्ता गरेको छ। सबै आरोपीहरू विरूद्ध भारतीय न्याय संहिताको धारा 106(1), 289 र 3(5) अन्तर्गत अपराध पजीबद्ध गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा