सोरेङमा उद्यमशीलता र स्टार्टअप पारिस्थितिकी तन्त्र सुदृढ़ गर्न तेजस कार्यशाला सम्पन्न
सोरेङमा उद्यमशीलता र स्टार्टअप पारिस्थितिकी तन्त्र सुदृढ़ गर्न तेजस कार्यशाला सम्पन्न


सोरेङ, 24 अप्रेल (हि.स.)। जिल्ला उद्योग केन्द्र, सोरेङले स्टार्टअप इन्डिया तथा भारत सरकारको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागसँगको सहकार्यमा आज सोरेङस्थित रुर्बन कम्प्लेक्समा एक कार्यशाला आयोजना गर्‍यो। कार्यक्रममा सोरेङ च्याखुङ क्षेत्रका विधायक आदित्य गोले प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने एडीसी (सोरेङ) डीआर बिस्टा विशिष्ट अतिथिका थिए।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गोलेले उद्यमशीलताले व्यक्तिगत जीविकोपार्जन सुधारमा खेल्ने भूमिकामाथि जोड दिए। उनले विभिन्न सरकारी योजनामार्फत निरन्तर सहयोग रहने आश्वासन दिँदै स्थानीय उद्यमीहरूलाई आफ्ना उत्पादन बिक्री गर्न पसल स्थान र स्थायी बजार केन्द्र उपलब्ध गराउने आगामी योजनाबारे जानकारी दिए। साथै कार्यक्रम आयोजना गरेकोमा डीआईसी सोरेङ तथा सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागलाई बधाई दिँदै सहभागीहरूलाई यस्ता पहलहरूको पूर्ण लाभ लिन आग्रह गरे।

एडीसी (सोरेङ)‌ बिस्टाले पनि सभालाई सम्बोधन गर्दै जिल्लाका युवाहरूमा रहेको अपार सम्भावनाबारे प्रकाश पारे। उनले तेजसलाई उद्यमशीलता प्रवर्द्धन र जीविकोपार्जन सिर्जनाको महत्वपूर्ण मञ्चका रूपमा वर्णन गर्दै रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने बन्नुपर्नेमा जोड दिए। उनले सीप विकास तथा स्थानीय प्रतिभाको सदुपयोग गर्न प्रेरित गर्दै जिल्ला प्रशासनले विभिन्न सरकारी योजनाहरूलाई समन्वय गरी सशक्त उद्यमशील पारिस्थितिकी तन्त्र निर्माणमा भूमिका खेलिरहेको उल्लेख गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande