बाँकुड़ामा भोटपछि तृणमूल नेतामाथि कुटपिट गरेको आरोप
बाँकुड़ामा भोटपछि तृणमूल नेतामाथि कुटपिट गरेको आरोप


बाँकुड़ा, 24 अप्रेल (हि. स.)। मतदान भएको दोस्रो दिन तृणमूल नेतामाथि कुटपिट गरेको आरोप सामू आएको छ। घटना शुक्रवार बिहान पश्चिम बङ्गालको बाँकुड़ा जिल्लास्थित जयपुर थाना अन्तर्गत शालतोड़ा क्षेत्रमा भएको हो। घाइते जाकिर खान जयपुर पञ्चायत समितिका कर्माध्यक्ष पदमा आसिन छन्।

स्थानीय तृणमूल कार्यकर्ताहरू अनुसार शुक्रवार बिहान जाकिर खानको कतिपय मानिसहरूसित विवाद भएको थियो। आरोप छ, ती मानिसहरूले नै तिनीमाथि कुटपिट गरे। घाइते अवस्थामा तिनलाई पहिला जयपुर ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो जहाँबाट पछि तिनलाई विष्णुपुर अस्पतालमा रेफर गरियो।

ब्लक तृणमूल नेतृत्वको आरोप छ, भाजपा समर्थकहरूले जाकिर खानमाथि हमला गरे। अर्कोतिर भाजपा नेतृत्वहरूको भनाइ छ, यो तृणमूलको आन्तरिक गुटबाजीको परिणाम हो।

यता मतदानको दिन बीरभूम जिल्लाको लाभपुरस्थित काजीपाड़ा क्षेत्रमा भाजपा उम्मेद्वार देवाशिष ओझामाथि पनि कुटपिट गरेको तथा उनको वाहनलाई तोड़फोड़ गरिदिएको आरोपमा चारजना मानिसहरूलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले गए बिहीवार राती नै आरोपीहरूलाई पक्राउ गरेको थियो भने शुक्रवार बिहान सबैलाई बोलपुर उप-डिभीजनल कोर्टमा पेश गरियो। पुलिसले स्वतः संज्ञान लिएर मामिला दर्ता गरेको छ। यस मामिलामा एकजना तृणमूल नेताको नाम पनि सामेल रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande