
गुवाहाटी, 24 अप्रेल (हि.स.)। गुवाहाटीको पलटन बजार क्षेत्रमा शुक्रवार भएको एक पीड़ादायी दुर्घटनामा अढ़ाई वर्षीय बालिकाको मृत्यु भयो। उक्त घटनाको कारण क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। मृत बालिकाको पहिचान राहेला खातूनको रूपमा गरिएको छ।
प्राप्त जानकारी अनुसार एक महिन्द्रा थार वाहनको ठक्करले बालिकाको घटनास्थलमै मृत्यु भयो। घटनापछि स्थानीय मानिसहरूमा व्यापक आक्रोश फैलिएको छ भने घटनास्थलको स्थिति तनाउपूर्ण भएको छ। बालिकाको शवलाई पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।
पुलिसले महिन्द्रा थार वाहनका चालकको पहिचान मिन्टू अलीको रूपमा गरेको छ। पुलिस सूत्रानुसार दुर्घटनामा सामेल वाहनको पञ्जीकरण भएको छैन।
अर्कोतिर एउटा स्विफ्ट कारका चालक दिगम्बर डेकामाथि पनि उग्र मानिसहरूको भीड़ले हमला गऱ्यो। साथै वाहन तोड़फोड़ पनि गरिदियो।
सूचना पाएर पुलिसले घटनास्थलमा पुगी स्थितिलाई नियन्त्रण गऱ्यो। दुर्घटनामा सामेल पञ्जीकरण रहितत थार वाहनलाई जफत गरिएको छ। घटनालाई लिएर क्षेत्रको स्थिति अहिले पनि तनाउपूर्णै छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा