
फर्रूखाबाद, 24 अप्रेल (हि.स.)। उत्तर प्रदेशको फर्रुखाबाद जिल्लाको कोतवालीको कैमगंज शहरमा बिहिवार राति एक विवाह गृहमा उत्सव मनाउने क्रममा गोली हानेको घटना भएको छ। बेहुलीका भेना गौरव सक्सेनालाई गोली लागेको छ। उनलाई तुरुन्तै फर्रुखाबादको एक निजी अस्पतालमा भर्ती गरिएको छ, जहाँ उनको अवस्था गम्भीर छ। घटनापछि अभियुक्त भागेको छ।
लाला परमानन्दको बगैंचामा आयोजित जय सक्सेनाको विवाह समारोहमा यो घटना भएको हो। जय सक्सेना मोहल्ला जवाहरगंज निवासी प्रदीप सक्सेनाका छोरा हुन् र बजरंग दलका इन्चार्ज रहेको बताइएको छ। द्वारचार समारोहको क्रममा जयमाला मञ्चदेखि लगभग 50 मिटर टाढ़ा बसेका मानिसहरूबीच अचानक गोली चल्यो, जुन बेहुलीका भेना गौरव सक्सेनालाई लाग्यो।
शमशाबादको बजार कला निवासी शिव सन्त सक्सेनाका छोरा गौरव गोली लाग्नसाथ भूईमा लड़े, जसले गर्दा विवाह स्थलमा खैलाबैला भागदौड मच्चियो।
घटनाको जानकारी पाएपछि पुलिस निरीक्षक विनोद कुमार शुक्ला र टाउन थानाप्रभारी अंकुर भट्टी भारी पुलिस बल सहित घटनास्थलमा पुगे। घाइतेलाई अस्पताल भर्ती गरिएको छ।
पुलिसले प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गऱ्यो र घटनाको गहन अनुसन्धान गरिरहेको छ। कोतवाली प्रभारी विनोद कुमार शुक्लाले रिपोर्ट दर्ता गरिने र कड़ा कारबाही गरिने बताए।
हिन्दुस्थान समाचार / भवानी थामी